• ४ साउन २०८३, सोमबार
  • ८:४६ बेलुका

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन

प्रकाशित मिति

२०८२ फाल्गुन १९ गते, मंगलवार ०१:५३

 १९ फाल्गुन,२०८२ काठमाडौं – इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ। अघिल्लो संस्करणको सफलतापछि कम्पनीले यसपटक अभियानलाई अझ परिष्कृत र प्रभावकारी बनाउँदै आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई सम्मान तथा पहिचान गर्ने उद्देश्यले क्याम्पेन अघि बढाएको जनाएको छ। कम्पनीका अनुसार अभियानअन्तर्गत ग्रान्ड प्राइजका रूपमा ब्रान्ड न्यू टाटा एक्सप्रेस–टी ईभी कार, स्टाइलिश याडिया भेलाक्स ईभी स्कूटर, सामसङका स्मार्टफोन तथा स्टेकेसन प्याकेजहरू प्रदान गरिनेछ।

कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार फागुन ११ गतेदेखि फागुन १७ गतेसम्म चालकहरूले प्लेटिनम स्ट्याटस प्राप्त गर्न न्यूनतम ४५ ओटा सवारी पूरा गर्नुपर्नेछ। प्लेटिनम स्ट्याटस हासिल गरेका चालकहरू मात्र गिभअवे अभियानमा प्रवेशका लागि योग्य हुनेछन्। फागुन १८ गतेदेखि अर्थात २ मार्च २०२६ देखि चालकहरूले साप्ताहिक चुनौतीहरूको श्रृंखलामा सहभागी हुने अवसर पाउनेछन्, जसअन्तर्गत प्रत्येक हप्तामा विशेष पुरस्कार जित्ने मौका रहनेछ।

Kamana Sewa

फागुन १८ गतेदेखि चैत १५ गते (२९ मार्च २०२६) सम्म सञ्चालन हुने तीन चुनौतियुक्त हप्तामा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरू साप्ताहिक पुरस्कारसँगै ग्रान्ड प्राइजका लागि पनि योग्य हुने कम्पनीले जनाएको छ। क्याब चालकहरूको ग्रान्ड प्राइजका रूपमा टाटा एक्सप्रेस–टी ईभी कार एक जनालाई प्रदान गरिनेछ भने बाइक राइडरहरूको श्रेणीमा याडिया भेलाक्स ईभी स्कूटर दुई जनालाई उपलब्ध गराइनेछ।

Classic Tech Desktop

यसका अतिरिक्त १६ जना विजेतालाई सामसङका स्मार्टफोन र चार जनालाई स्टेकेसन प्याकेज प्रदान गरिनेछ। कुनै पनि चुनौती हप्तामा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरूबाट साप्ताहिक पुरस्कार विजेता छनोट गरिने कम्पनीले जनाएको छ।

ग्रान्ड प्राइजका लागि भने चालकहरूले अभियानको चारै हप्तामा प्लेटिनम स्ट्याटस कायम राख्नुपर्नेछ। सबै विजेताहरूको घोषणा चैत १९ गते आयोजना हुने भव्य कार्यक्रममार्फत गरिने कम्पनीले जानकारी दिएको छ।

प्रतिकृया