• १४ असोज २०८३, बुधबार
  • १ः२३ राती

आज खण्डग्रास चन्द्रग्रहण, नेपालबाट साँझ करिब एक घण्टा देखिने

प्रकाशित मिति

२०८२ फाल्गुन १९ गते, मंगलवार १०:०८

काठमाडौं । आज फाल्गुन १९ गते मंगलबार (फाल्गुन शुक्ल पूर्णिमा) ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। यो ग्रहण नेपालबाट साँझ करिब एक घण्टासम्म देखिने जनाइएको छ।

National Life

ग्रहण दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श भई खग्रास भए पनि काठमाडौंमा साँझ ६ बजेर ३ मिनेटमा चन्द्रोदय भएसँगै खण्डग्रास रूपमा मात्र देखिनेछ। रात्रि ७ बजेर २ मिनेटमा ग्रहण मोक्ष हुने समय निर्धारण गरिएको छ।

शास्त्रीय मान्यताअनुसार मंगलबार बिहान ९ बजेर ३ मिनेटदेखि बालबालिका, वृद्ध, बिरामी र आतुरबाहेक अन्यलाई भोजन गर्न निषेध गरिएको उल्लेख छ।

Classic Tech Mobile
Classic Tech Desktop

ज्योतिषीय विश्वासअनुसार यस ग्रहणले मेष राशिलाई चिन्ता, वृषलाई व्यथा, मिथुनलाई श्रीप्राप्ति, कर्कटलाई क्षति, सिंहलाई घात, कन्यालाई व्यय, तुलालाई लाभ, वृश्चिकलाई सुख, धनुलाई मानहानि, मकरलाई कष्ट, कुम्भलाई स्त्रीपीडा र मीनलाई सुख प्रदान गर्ने बताइएको छ। मिथुन, तुला, वृश्चिक र मीन राशि भएका व्यक्तिले ग्रहण हेर्न सक्ने जनाइएको छ भने पूर्वाफाल्गुनी नक्षत्रमा जन्म भएका तथा सिंह राशि भएकाका लागि कष्टदायी हुने विश्वास छ।

धार्मिक आस्थाअनुसार ग्रहणका बेला हवन, मन्त्रजप, दानजस्ता कार्य शुभ मानिन्छन्। साथै ग्रहण अवधिमा सुत्न, दिसा–पिसाब गर्न, मैथुन गर्न, तेल लगाउन, खानपिन गर्न वा कसैलाई बन्धनमा राख्न नहुने उल्लेख धर्मग्रन्थहरूमा गरिएको छ। यद्यपि यस्ता मान्यताका विषयमा वैज्ञानिक प्रमाण भने उपलब्ध छैन।

प्रतिकृया