इन्धन आयात नियमित, अनावश्यक भण्डारण नगर्न आयल निगमको आग्रह
प्रकाशित मिति
२०८२ फाल्गुन १९ गते, मंगलवार ०९:४९
१९ फाल्गुन,२०८ काठमाडौं– नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको आयात नियमित रूपमा भइरहेको जनाउँदै अनावश्यक भण्डारण नगर्न आमसर्वसाधारणलाई आग्रह गरेको छ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट ले इन्धन आपूर्ति नियमित रहेकाले चुनाव अवधिभर अभाव नहुने स्पष्ट पारे। अनावश्यक भण्डारण गर्दा आगजन्य दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसतर्फ सचेत रहन उनले अनुरोध गरे।

सोमबार जारी सूचनामा पाइपलाइनमार्फत पेट्रोलियम पदार्थको आयात नियमित भइरहेको र आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा आयात जारी रहने उल्लेख गरिएको छ।

निगमले पेट्रोलियम पदार्थ जेरी क्यान, ड्रमलगायतका भाँडामा अनावश्यक रूपमा भण्डारण गर्दा आगलागीको जोखिम बढ्ने भन्दै त्यस्ता भाँडामा इन्धन भर्न निषेध गरिएको जानकारी दिएको छ।
सम्भावित दुर्घटना न्यूनीकरणका लागि आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गर्न उपभोक्तालाई निगमले अनुरोध गरेको छ।




प्रतिकृया