झुलाघाट नाका तीन दिन बन्द हुने
प्रकाशित मिति
२०८२ फाल्गुन १३ गते, बुधबार ०९:५५
१३ फाल्गुन,२०८२ बैतडी- भारतसँग सीमा जोडिएको झुलाघाट नाका आसन्न निर्वाचनलाई लक्षित गर्दै तीन दिनका लागि बन्द गरिने भएको छ।
प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अघिदेखि सीमा नाका बन्द गरिनेछ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म नाका बन्द रहनेछ।
बैतडी जिल्ला को करिब ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ। सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका बोर्डर आउट पोस्ट (बिओपी)मार्फत निगरानी कडा पारिएको छ।
जिल्लाको तल्लोसोराड क्षेत्रमा पर्ने महाकाली नदी का विभिन्न घाटबाट डुङ्गामार्फत हुने आवतजावत पनि निर्वाचन अवधिभर बन्द गरिने प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए।
अत्यावश्यक अवस्थामा भने दुई देशबीचको आपसी समन्वयमा नाका खुला गर्न सकिने प्रशासनले जनाएको छ।






प्रतिकृया