• १९ असोज २०८३, सोमबार
  • ७ः०३ बेलुका

नेपाल राष्ट्र बैंकद्वारा १ अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी

प्रकाशित मिति

२०८२ फाल्गुन १२ गते, मंगलवार ०१:२७

१२ फाल्गुन, २०८२  काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकले कर्मचारी सुरक्षा कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक तथा राष्ट्रियस्तरका वित्त कम्पनीहरूको ३६६ दिने मुद्दती निक्षेपमा राख्ने योजना बनाएको हो।

National Life

लगानी अवधि २०२६ फेब्रुअरी २७ देखि २०२७ फेब्रुअरी २ सम्म रहने छ। कुल लगानी रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा ८८ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा १६ करोड ५० लाख रुपैयाँ, र ‘ग’ वर्गका वित्त कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ राखिने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी फागुन १३ गतेभित्र प्रस्ताव पेश गर्नुपर्नेछ। राष्ट्र बैंकले यसको लागि बोलपत्र आह्वान गरिसकेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया