नेपाल राष्ट्र बैंकद्वारा १ अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी
प्रकाशित मिति
२०८२ फाल्गुन १२ गते, मंगलवार ०१:२७
१२ फाल्गुन, २०८२ काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकले कर्मचारी सुरक्षा कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक तथा राष्ट्रियस्तरका वित्त कम्पनीहरूको ३६६ दिने मुद्दती निक्षेपमा राख्ने योजना बनाएको हो।
लगानी अवधि २०२६ फेब्रुअरी २७ देखि २०२७ फेब्रुअरी २ सम्म रहने छ। कुल लगानी रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा ८८ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा १६ करोड ५० लाख रुपैयाँ, र ‘ग’ वर्गका वित्त कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ राखिने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी फागुन १३ गतेभित्र प्रस्ताव पेश गर्नुपर्नेछ। राष्ट्र बैंकले यसको लागि बोलपत्र आह्वान गरिसकेको छ।

Related
Recent News
- सिटिजन्स क्यापिटलको २०औँ वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’, दराजमा कार्डबाट खरिद गर्दा १५ प्रतिशतसम्म छुट
- संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
- साढे दुई महिनामा विकास बजेट खर्च २.८४ प्रतिशत मात्रै
- सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप
- प्रचण्डको चिन्ता– देश, लोकतन्त्र र संविधान अप्ठेरोमा छ
- बालेन सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने
- स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर र प्रभु बैंकबीच छुट सम्झौता
- बागमतीमा ‘शिव सर्किट’ परियोजना कार्यान्वयनको तयारी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- खुलामञ्चमा महाधिवेशन गर्नुको कारण सुनाउँदै गगनले भने– मतभेद सक्ने होइन, एउटै मञ्चमा राख्ने ठाउँ हो
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
- कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
- एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले आज शपथ लिँदै
- नेविसंघले महाधिवेशन कन्टेन्ट कम्पिटिसन गर्ने, उत्कृष्टलाई ५० हजार पुरस्कार








प्रतिकृया