• १९ असोज २०८३, सोमबार
  • ७ः०३ बेलुका

प्रतिनिधि निर्वाचनका उम्मेदवारमध्ये आधाभन्दा कमले मात्रै खोले बैंक खाता

प्रकाशित मिति

२०८२ फाल्गुन १२ गते, मंगलवार ०२:००

१२ फाल्गुन, २०८२  काठमाडौं – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गरेका ३,४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म १,२१३ जना उम्मेदवारले मात्रै बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ।

National Life

निर्वाचनमा भाग लिएका ६८ दलमध्ये नौ दलले मात्रै बैंक खाता खोलेका छन्। बैंक खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन्।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी का अनुसार बैंक खाता खोल्ने व्यवस्था राजनीतिक दल र उम्मेदवारले लिने आर्थिक सहायतामा पारदर्शिता, खर्चको सीमा पालन र प्रभावकारी निगरानी सुनिश्चित गर्न गरिएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार उम्मेदवार र दलहरूले निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोगको आम्दानी–खर्च बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया