• १९ असोज २०८३, सोमबार
  • ७ः०४ बेलुका

अमेरिकामा बिभत्स हत्या: श्रीमती र छोरीको हत्या गरेका थापाको प्रहरीको गोलीबाट मृत्यु

प्रकाशित मिति

२०८२ फाल्गुन १२ गते, मंगलवार ११:३४

अमेरिका — भर्जिनियाको फेयरफ्याक्स काउन्टीमा एक नेपाली मूलका पुरुषले आफ्नै परिवारमाथि घातक आक्रमण गरेका छन्।

National Life

स्थानीय समय अनुसार सोमबार बिहान पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा ५० वर्षीय छत्रबहादुर थापा ले करिब १० इन्च लामो धारिलो हतियार प्रयोग गरी ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापा को हत्या गरेका छन्। घटनामा ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार बस्नेत गम्भीर घाइते भएका छन्।

प्रहरी घटनास्थल पुगेका बेला संदिग्ध बस्नेतमाथि आक्रमण गर्दै थिए। पटक–पटक हतियार छोड्न निर्देशन दिए पनि पालन नगरेपछि प्रहरीले गोली चलाएको थियो। घटना घट्दाबेला घरभित्र रहेको एक वर्षीय शिशु सकुशल फेला परेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रारम्भिक अनुसन्धानमा परिवारसँग सम्बन्धित कुनै अघिल्लो आपराधिक अभिलेख फेला नपरेको प्रहरीले जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान जारी छ।

प्रतिकृया