यस्तो छ आजको मौसम
प्रकाशित मिति
२०८२ फाल्गुन १२ गते, मंगलवार ०९:२४
१२ फाल्गुन, २०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यस प्रभावका कारण विशेषगरी उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली देखिएको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
हाल कर्णाली प्रदेश लगायत देशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको विभागले जनाएको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदली रहनेछ। बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने अनुमान छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना विभागले जनाएको छ।
विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन तथा आवश्यक सावधानीका उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ।




प्रतिकृया