• १८ भदौ २०८३, बिहीबार
  • ५ः४१ बेलुका

विभिन्न तहका सरकारको क्षमता अभिवृद्धि गर्दै सङ्घीय शासन प्रणाली

प्रकाशित मिति

२०७६ आश्विन १६ गते, बिहीबार १२:४९

भक्तपुर , परिवर्तित संरचननुसार सार्वजनिक प्रशासन तथा विभिन्न तहका सरकारको क्षमता अभिवृद्धि गर्दै सङ्घीय शासन प्रणालीका विभिन्न पक्षमा अध्ययन, अनुसन्धान तथा क्षमता अभिवृद्धि गर्न विशिष्ट संस्थाको आवश्यकता महसुस गरी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सङ्घीयता अध्ययन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

केन्द्रले नेपालमा संघीयता कार्यान्वयनका विविध पक्षमा अध्ययन–अनुसन्धान गर्ने, कर्मचारी तथा जनप्रतिनिधिको क्षमता अभिवृद्धि गर्ने, अन्तरराष्ट्रिय अभ्यासको विश्लेषण गर्ने र तिनबाट नेपालका लागि सिकाइ ल्याउने, कार्यशाला तथा सम्मेलन आयोजना गर्ने र सङ्घीयतासम्बन्धी दस्तावेजको सङ्ग्रह तथा संरक्षण गरी स्रोत केन्द्रका रूपमा कार्य गर्ने उद्देश्य राखेको बताइएको छ ।

Kamana Sewa

Classic Tech Desktop

केन्द्रले लिनुपर्ने कार्यदिशा र सङ्घीयता कार्यान्वयनका विविध पक्षमा छलफल गर्न बुधबार भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीयताको कार्यान्वयनका विषयमा एकरूपता नहुँदा सङ्घीयताको सोचमाथि नै अनावश्यक टीकाटिप्पणी हुन थालेकाले सङ्घीयता पक्षधर सबैले सङ्घीय व्यवस्थाको संरक्षणका लागि नै सक्रियता देखाउनुपर्ने बताए ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बाबुराम श्रेष्ठ, सङ्घीय संसद् सचिवालयका सचिव डा भरतराज गौतम तथा विकास साझेदार संस्था द एशिया फाउन्डेशनका विष्णु अधिकारी, सङ्घीयताविज्ञ डा खिमलाल देवकोटा, प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेलगायतले सङ्घीयतालाई मजबुत बनाउँदै देशलाई समृद्धिको सही दिशामा अघि बढाउन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास

प्रतिकृया