• १ असोज २०८३, बिहीबार
  • ११ः३८ बिहान

एपोलो हाइड्रोपावरले आईपीओ निष्कासन गर्न पायो अनुमति

प्रकाशित मिति

२०८२ माघ २० गते, मंगलवार ०५:२४

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएको छ। बोर्डले कम्पनीलाई माघ २० गते आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो।

National Life

कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा १४ लाख १० हजार कित्ता शेयर जारी गरी १४ करोड १० लाख रुपैयाँ बराबरको पूँजी जुटाउने योजना बनाएको छ। आईपीओ बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल रहने छ।

एपोलो हाइड्रोपावरले ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने बुकु खोलामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गर्दै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया