• १ असोज २०८३, बिहीबार
  • ७ः२४ बिहान

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

प्रकाशित मिति

२०८२ माघ २१ गते, बुधबार ०९:२१

२१ माघ,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको जनाएको छ। यस प्रणालीका कारण देशका विभिन्न भू–भागमा मौसममा आंशिकदेखि साधारणतया बदली देखिएको छ।

National Life

विभागका अनुसार हाल बागमती र गण्डकी प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने तराईलगायत अन्य भू–भागमा आंशिक बदली रहेको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने विभागले जनाएको छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना पनि रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी, आज राति तराईका थोरै स्थानमा हुस्सु लाग्ने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षा हुन सक्ने विभागले जनाएको छ।

प्रतिकृया