• १९ असोज २०८३, सोमबार
  • ९ः०३ राती

ग्लोबल आइएमई बैंकको नाफा ६.५० प्रतिशतले वृद्धि

प्रकाशित मिति

२०८२ माघ १५ गते, बिहीबार ०९:४४

१५ माघ,२०८२  काठमाडौं – ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३ अर्ब २५ करोड २१ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५० प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो।

National Life

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएको भए पनि सञ्चालन नाफा बढेको छ। बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशतले घटेर ८ अर्ब २ करोड २३ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ भने सञ्चालन नाफा १.७२ प्रतिशतले बढेर ४ अर्ब २७ करोड ६३ लाख २७ हजार रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी १ रुपैयाँ ४ पैसा बढेर १७ रुपैयाँ ६ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकको खराब कर्जा ४.८६ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ।

३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २८ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्म बैंकले ६ खर्ब ५ अर्ब ८८ करोड २ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३२ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिकृया