• १४ असोज २०८३, बुधबार
  • ५ः१६ बिहान

सिटिजन्स बैंकको नाफा ४५ प्रतिशतले घट्यो

प्रकाशित मिति

२०८२ माघ १४ गते, बुधबार १०:०७

१४ माघ,२०८२ काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार, गत आवको सोही अवधिको तुलनामा नाफा ४५.७८ प्रतिशतले घटेको हो, जब बैंकले ६६ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो।

National Life

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ७ करोड ४५ लाख रुपैयाँबाट सामान्य वृद्धि भएर ३ अर्ब १४ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ३ अर्ब ९३ करोड ४५ लाख रुपैयाँबाट बढेर ४ अर्ब ११ करोड ८७ लाख रुपैयाँमा पुगेको छ।

तर सञ्चालन नाफा गत आवको ९१ करोड १३ लाख रुपैयाँबाट घटेर ५० करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ। यससँगै प्रतिशेयर आम्दानी ८.९६ रुपैयाँबाट घटेर ४.६३ रुपैयाँ कायम भएको छ भने खराब कर्जा (एनपीएल) ४.८५ प्रतिशतबाट बढेर ६.८६ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १४९.७९ रुपैयाँ रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकको चुक्ता पूँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ८ अर्ब ८२ करोड १७ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक छ। बैंकले १ खर्ब ६८ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

प्रतिकृया