• १२ असोज २०८३, सोमबार
  • ८ः१२ राती

प्रभु बैंकको नाफा २४ प्रतिशतले घट्यो, ब्याज आम्दानी भने बढ्यो

प्रकाशित मिति

२०८२ माघ १४ गते, बुधबार १०:१५

१४ माघ,२०८२ काठमाडौं – प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले साउनदेखि पुस मसान्तसम्म १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २४ प्रतिशतले घटेको हो।

National Life

बैंकको खुद ब्याज आम्दानी भने बढेको छ। गत आवको दोस्रो त्रैमाससम्म ४ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालू आवको सोही अवधिमा ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ। कुल सञ्चालन आम्दानी पनि ६ अर्ब ६६ करोड ७५ लाख रुपैयाँबाट बढेर ६ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ पुगेको छ।

तर सञ्चालन नाफा घटेको छ। गत आवको २ अर्ब ५२ करोड २८ लाख रुपैयाँ सञ्चालन नाफा घटेर चालू आवमा १ अर्ब ९६ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ। यसका साथै प्रतिशेयर आम्दानी ११.३५ रुपैयाँबाट घटेर ८.६२ रुपैयाँ पुगेको छ भने निष्क्रिय कर्जा (एनपीएल) ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशतमा पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १४६.१७ रुपैयाँ कायम रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रभु बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ। रिजर्भ कोषमा १४ अर्ब २२ करोड ७० लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। बैंकले पुस मसान्तसम्म २ खर्ब २७ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरी ३ खर्ब ४० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ।

प्रतिकृया