एभरेष्ट बैंकको ६ महिनाको नाफामा वृद्धि,प्रतिशेयर आम्दानी कति ?
प्रकाशित मिति
२०८२ माघ १४ गते, बुधबार १०:००
१४ माघ,२०८२ काठमाडौं – एभरेष्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकले यस अवधिमा २ अर्ब ११ करोड ७१ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकाले नाफामा सुधार देखिएको हो । बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशतले वृद्धि भई ४ अर्ब ५७ करोड २९ लाख ४१ हजार रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा २.०६ प्रतिशतले बढेर ३ अर्ब १७ करोड १६ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।

यद्यपि, बैंकको इम्पेरमेन्ट चार्ज भने उल्लेख्य रूपमा बढेको छ । गत आवको सोही अवधिमा ३४ करोड ९५ लाख ९८ हजार रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज यस अवधिमा बढेर ५६ करोड २७ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३४ करोड २८ लाख ३१ हजार रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ७२ पैसा पुगेको छ । यस्तै, बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ २० पैसाले घटेर ३० रुपैयाँ ८६ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ १५ पैसा रहेको छ ।
१३ अर्ब ७२ करोड १३ लाख ७६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको एभरेष्ट बैंकको जगेडा कोषमा १८ अर्ब ५२ करोड ९६ लाख ७९ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्म बैंकले ३ खर्ब ४ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।




प्रतिकृया