• ४ साउन २०८३, सोमबार
  • २:०२ बिहान

निर्वाचनका लागि मतपत्र छपाइ तीव्र, समानुपातिकतर्फ सम्पन्न

प्रकाशित मिति

२०८२ माघ १३ गते, मंगलवार ०२:४२

१३ माघ,२०८२ काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइको काम तीव्र रूपमा भइरहेको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फको छपाइ सुरु गरिएको छ ।

मतपत्र जनक शिक्षा सामग्री केन्द्रमा नेपाली सेनाको उच्च सुरक्षा घेराभित्र छपाइ भइरहेको छ । आयोगले फागुन ५ गतेभित्र मतपत्र सम्बन्धित स्थानमा पुर्‍याउने लक्ष्य राखेको छ । प्रत्यक्षतर्फको मतपत्र १५ दिनभित्र छपाइ सकिने आयोगले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया