• ४ साउन २०८३, सोमबार
  • १:२४ बिहान

सहकारीको बेथिति छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन

प्रकाशित मिति

२०८२ माघ ७ गते, बुधबार ०४:३८

७ माघ,२०८२ काठमाडौं – सरकारले सहकारी क्षेत्रमा देखिएका बेथिति तथा आर्थिक अनियमितता छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। सर्वसाधारणको बचत सुरक्षित गर्ने उद्देश्यसहित आयोग गठन गरिएको हो।

विनोदप्रसाद शर्माको अध्यक्षतामा गठित आयोगमा नवराज सापकोटा, पुण्यप्रसाद दंगाल, नवराज सिम्खडा (धादिङ) र विज्ञ सदस्य बसन्तबहादुर शाक्य सदस्य रहेका छन्।

Kamana Sewa

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को माघ २ गतेको निर्णयअनुसार जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम ‘सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग, २०८२’ गठन गरिएको हो।

Classic Tech Desktop

आयोगलाई कार्य प्रारम्भ भएको मितिले तीन महिनाभित्र सहकारी क्षेत्रमा भएका समस्या र बेथितिहरूको सूक्ष्म छानबिन गरी नेपाल सरकारसमक्ष प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

यसअघि पनि सहकारी क्षेत्रमा देखिएका बेथितिबारे थुप्रै उजुरी र अध्ययन भए तापनि प्रभावकारी नतिजा नआएको सहकारी सरोकारवालाहरूको गुनासो रहँदै आएको छ।

प्रतिकृया