• १३ असोज २०८३, मंगलबार
  • ३ः३० दिउँसो

रास्वपाको समानुपातिक सूचीप्रति नेतृ तोसिमा कार्कीको असन्तुष्टि

प्रकाशित मिति

२०८२ पुष १६ गते, बुधबार १०:३२

१६ पुस,२०८२ काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले पार्टीले छनोट गरेको समानुपातिकतर्फको बन्दसूचीप्रति असन्तुष्टि जनाएकी छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले समानुपातिक सूचीमा विपन्न, पहुँचविहीन तथा भौगोलिक रूपमा पिछडिएका क्षेत्रको प्रतिनिधित्व नभएको भन्दै आपत्ति जनाएकी हुन् ।

National Life

कार्कीले समानुपातिक प्रणालीको मूल उद्देश्य नै पहुँच र पावर नभएका सक्षम व्यक्तिहरूलाई प्रतिनिधित्व गराउनु भएको उल्लेख गर्दै सूचीले कर्णाली, सुदूरपश्चिम र गाउँको आवाज बोल्नुपर्ने बताएकी छन् । तर पार्टी नेतृत्वका आफन्त र महत्वपूर्ण पदमा रहेका व्यक्तिहरू नै समानुपातिक सूचीमा प्राथमिकतामा परेको भन्दै उनले यसको औचित्यमाथि प्रश्न उठाएकी छन् ।

उनले पार्टीको सचिवालय र पदाधिकारीहरूलाई समानुपातिक सूचीमा समावेश गर्नु उपयुक्त नभएको धारणा राखेकी छन् । पार्टीभित्र पदमा बस्ने र निर्वाचनमा समानुपातिक सूचीमा समेत नाम राख्नु गलत प्रवृत्ति भएको भन्दै उनले यसले पुराना दलहरूको अभ्याससँग खासै फरक नदेखिएको टिप्पणी गरेकी छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्कीले सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले समानुपातिक सूचीबाट आफ्ना नाम हटाएर प्रत्यक्ष निर्वाचन लड्ने हिम्मत गर्नुपर्ने पनि उल्लेख गरेकी छन् ।

प्रतिकृया