रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा लगानीकर्ताको आकर्षण, आवेदन कति पुग्यो ?
प्रकाशित मिति
२०८२ पुष ९ गते, बुधबार ०९:२५
९ पुस,२०८२ काठमाडौं— रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आइपीओमा करिब १५ अर्ब ३० करोड रुपैयाँ बराबरको आवेदन परेको छ। बुधबार सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपीओमा ३ लाख ५२ हजार ६७ जना लगानीकर्ताले आवेदन दिएका छन्।
सिडिएससीका अनुसार १ करोड ८६ लाख ४५ हजार ४६० कित्ता शेयरका लागि १५ अर्ब ३० करोड ४१ लाख ९३ हजार रुपैयाँ बराबरको आवेदन परेको हो। कम्पनीले निष्कासन गर्ने कुल ११ लाख ५५ हजार ८६० कित्ता साधारण शेयरमध्ये ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड भइसकेको छ। त्यस्तै, १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरिएकोमा प्रि–अलोटमेन्ट भइसकेको छ।
यस्तै, ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो शेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यस आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। आईपीओ निष्कासन छिटोमा पुस ११ गते र ढिलोमा पुस २१ गते बन्द हुनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।






प्रतिकृया