भारु १०० भन्दा माथिका नोट नेपालमा चलाउन आरबीआईले अनुमति
प्रकाशित मिति
२०८२ मंसिर १८ गते, बिहीबार ०३:३८
मंसिर १८, २०८२ काठमाडौं – भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले नेपालमा १ सय भारतीय रुपैयाँ (भारु) भन्दा माथिका नोट चलनचल्तीमा प्रयोग गर्न रोक लगाइरहेको प्रतिबन्ध हटाएको छ। भारतीय राजपत्रमा सूचना प्रकाशित गर्दै आरबीआईले यो प्रतिबन्ध हटाइएको जानकारी दिएको हो।
भारतमा सन् २०१६ को नोटबन्दीपछि उच्च मूल्यका नोटमा कडाइ गरिएपनि अहिले ५ सय र १ हजार दरका नोट चलनचल्तीमा रहेका छन्। सन् २०२३ देखि २ हजार दरका नोट छापिन बन्द भएको थियो। नयाँ व्यवस्थाअनुसार नेपाल आउने यात्रुहरूले २५ हजार भारतीय रुपैयाँसम्म लिएर आउन पाउनेछन्।

खुला सीमाना र सीमित रकम बोक्न पाइने व्यवस्थाका कारण भारतीय पर्यटक तथा भारत भएर नेपाल आउने विदेशी यात्रुहरू १ सय भन्दा माथिका नोट नेपालमा प्रयोग गर्न नपाउँदा असहज हुँदै आएका थिए। अब यो प्रतिबन्ध हटेसँगै नेपाल भ्रमण झन् सहज र सुविधाजनक हुने अपेक्षा गरिएको छ।





प्रतिकृया