• १४ असोज २०८३, बुधबार
  • ५ः२८ बिहान

भक्तपुर गुण्डुमा केपी ओलीका लागि ‘ओली कुटी’ निर्माण सुरु

प्रकाशित मिति

२०८२ मंसिर १८ गते, बिहीबार ०३:४४

मंसिर १८, २०८२ काठमाडौं – भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि नयाँ घर निर्माण कार्य सुरु गरिएको छ। एमाले नेता महेश बस्नेतका अनुसार बिहीबार ओलीकी पत्नी राधिका शाक्यले शिलान्यास गर्दै निर्माण कार्य औपचारिक रूपमा प्रारम्भ गरेकी हुन्।

National Life

बस्नेतकै अगुवाइमा ‘ओली कुटी’ नामक घर निर्माण थालिएको हो। यसअघि भक्तपुरको बालकोटस्थित ओलीको घर जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। त्यसपछि ओली गुण्डुमै बस्दै आएका छन्।

प्रतिकृया