• २० असोज २०८३, मंगलबार
  • ६ः५७ बिहान

चलचित्र विधेयक फिर्ता नलिने सरकारको स्पष्टता: मन्त्री खरेल

प्रकाशित मिति

२०८२ मंसिर १५ गते, सोमबार ०२:०८

मंसिर १५ , २०८२ काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा सरकार नरहेको बताएका छन्। सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकलमा बोल्दै उनले विधेयक फिर्ता नलिइने स्पष्ट पारे।

National Life

मन्त्री खरेलका अनुसार केही चलचित्र–सम्बन्धी सङ्घसंस्थाहरूले विधेयक फिर्ता लिन आग्रह गरे पनि सरकार सरोकारवालासँग छलफल गरेर आवश्यक सुधार गर्न तयार छ। उनले विधेयकलाई यसपटक उपलब्धिमूलक बनाउन सहयोग आवश्यक रहेको बताए।

उनले चलचित्र विकास बोर्डलाई स्वायत्तता दिने नाममा अव्यवस्थित अवस्था सिर्जना हुन नदिइने जिकिर गर्दै सेन्सर, सहजीकरण र नियमनमार्फत चलचित्र क्षेत्रलाई मार्गदर्शन गर्ने सरकारको नीति रहेको उल्लेख गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया