• २० असोज २०८३, मंगलबार
  • ६ः५७ बिहान

दक्षिण–पूर्व एसियामा चक्रवातको कहर: इन्डोनेसियामा मृत्यु ४०० नाघ्यो

प्रकाशित मिति

२०८२ मंसिर १५ गते, सोमबार १२:५९

मंसिर १५ , २०८२ काठमाडौं – चक्रवातका कारण उत्पन्न भीषण वर्षा र बाढीले इन्डोनेसियामा मृत्यु हुनेको संख्या ४०० भन्दा बढी पुगेको छ। राष्ट्रपति प्रबोवो सुबियान्तोले प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गरेका छन्। धेरै स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने केही क्षेत्रमा पाँच दिनदेखि मोबाइल सञ्चारसमेत ठप्प छ।

National Life

उष्णकटिबंधीय आँधी ‘कोटो’ भियतनाम नजिक स्थलगत हुँदा त्यहाँ थप तीन जनाको मृत्यु भएको छ। गत महिना सुरुमा भियतनाममा आएको भारी वर्षाले ९० जनाको ज्यान लिएको थियो।

चक्रवातकै प्रभावमा थाइल्याण्डमा १७०, मलेसियामा तीन र फिलिपिन्समा नोभेम्बरको सुरुमा आएको आँधीमा ३०० जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया