विराटनगरमा आज नेकपाको ‘एकता सन्देश सभा’, शीर्ष नेताहरूको सम्बोधन
प्रकाशित मिति
२०८२ मंसिर १५ गते, सोमबार ०९:३८
मंसिर १५ , २०८२ काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज कोशी प्रदेशको विराटनगरमा ‘एकता सन्देश सभा’ आयोजना गर्दैछ। एकताको सन्देश तल्लो संरचनासम्म फैलाउन सातै प्रदेशमा भइरहेका सभाहरुको श्रृंखलामा आज विराटनगरमा आयोजना हुने सभालाई विशेष महत्वका साथ हेरिएको छ।
जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुला मैदानमा दिउँसो १२ बजेदेखि सभा सुरु हुनेछ। स्थानीय नेताहरूका अनुसार करिब १० हजारभन्दा बढी समर्थकको उपस्थिति रहने दाबी गरिएको छ।
सभामा नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ।
यसअघि नेकपाले सुदूरपश्चिमको धनगढी, लुम्बिनीको लमही र गण्डकी प्रदेशको पोखरामा सभा गरिसकेको छ। कर्णाली प्रदेशस्तरीय सभा भने मंसिर १८ गते हुने भनिए पनि सो दिन परम्परागत पूर्णिमा मेला र सांस्कृतिक कार्यक्रम पर्ने भएकाले मंसिर २७ गतेका लागि सारिएको कर्णाली प्रदेश व्यवस्थापन समिति संयोजक कालीबहादुर मल्लले जानकारी दिएका छन्।






प्रतिकृया