• १ असोज २०८३, बिहीबार
  • ११ः३५ बिहान

घर–जग्गा कारोबार इजाजतपत्रका लागि आवेदन म्याद मङ्सिर २७ गतेसम्म थप

प्रकाशित मिति

२०८२ मंसिर १५ गते, सोमबार ०९:४६

मंसिर १५ , २०८२ काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर–जग्गा कारोबारका लागि इजाजत पत्र लिन इच्छुक फर्म, कम्पनी तथा संस्थाहरूका लागि आवेदन दिने म्याद थप गरेको छ। विभागका अनुसार अब मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिनेछ।

National Life

यसअघि विभागले असोज १३ गते सूचना जारी गर्दै महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई पहिलो चरणको कार्यक्षेत्र बनाउँदै आवेदन आह्वान गरेको थियो। एक पटकमा निर्धारित सीमा (खत–खतिन करोडभन्दा बढी) भन्दामाथि कारोबार गर्न चाहने संस्थाले इजाजतपत्र अनिवार्य लिनुपर्ने व्यवस्था मालपोत ऐन, २०३४ ले तोकेको छ।

घर–जग्गा कारोबारलाई पारदर्शी, मर्यादित र वैज्ञानिक बनाउने उद्देश्यले लाइसेन्स प्रणालीलाई व्यवस्थित गर्न लागेको विभागले जनाएको छ। न्यून सङ्ख्यामा आवेदन परेपछि गत शुक्रबारदेखि लागू हुने गरी म्याद थपिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

विभागका अनुसार गत कात्तिक महिनामा घर–जग्गा कारोबारबाट दुई अर्ब ७४ करोड ५१ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। यसमध्ये सेवा कर, रजिष्टे«शन शुल्क तथा पूँजीगत लाभकरसहित उल्लेख्य रकम प्राप्त भएको विभागले जनाएको छ।

प्रतिकृया