• १ असोज २०८३, बिहीबार
  • १२ः०६ दिउँसो

बैंकिङ कसुर आरोपमा प्रभु बैंकका सीईओसहित तीन अधिकारी पक्राउ

प्रकाशित मिति

२०८२ मंसिर १५ गते, सोमबार १०:०७

मंसिर १५ , २०८२ काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जना उच्च कर्मचारीलाई बैंकिङ कसुरको आरोपमा प्रहरीले कार्यालयबाटै पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकलाई नोक्सानी पुर्याउने उद्देश्यले कानुनविपरीत विभिन्न कम्पनीहरूको नाममा करोडौँ रकम कर्जा प्रवाह गरी दुरूपयोग गरेको आरोपमा शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरेको हो।

National Life

सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार उनीहरूलाई बैकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धानका लागि पक्राउ गरिएको हो। नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत कर्जाको दुरूपयोग गरी बैंकलाई ठूलो आर्थिक जोखिममा पु‍र्‍याएको आरोप उनीहरूमाथि लागेको छ।

यसअघि ११ कात्तिकमा प्रहरीको सीआईबीले प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई ९८ करोड रुपैयाँ ठगीसम्बन्धी जाहेरीका आधारमा पक्राउ गरिसकेको थियो। उक्त प्रकरणमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको उजुरी अनुसार हाल विस्तृत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया