• २९ भदौ २०८३, सोमबार
  • २ः३७ दिउँसो

रास्वपाको आह्वान : सुशासन र द्रुत विकासका लागि वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्ने

प्रकाशित मिति

२०८२ मंसिर १० गते, बुधबार ११:३६

मंसिर १०, २०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशमा सुशासन, द्रुत विकास र अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तनका लागि सबै वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ।

National Life

रास्वपाको सचिवालय बैठकले विभिन्न दल, समूह तथा व्यक्तिसँग भएको संवादबारे उच्च संवाद समितिले प्रस्तुत गरेको ब्रिफिङका आधारमा आगामी सम्भावित राजनीतिक सहकार्यबारे विस्तृत छलफल गरेको छ। रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार मंसिर ३ गते बसेको केन्द्रीय समिति बैठकको निर्देशनानुसार सचिवालयले वैकल्पिक शक्तिहरूलाई एकजुट गराउने प्रक्रियामा सहजीकरण गर्ने निर्णय गरेको छ।

उनले भने, “सुशासन र द्रुत विकासमा समर्पित सबै वैकल्पिक शक्तिहरूले मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामर्थ्य बनाउन एकजुट हुनुपर्ने निर्णय गरियो।”

Classic Tech Mobile
Classic Tech Desktop

सचिवालय बैठकले अबसम्मको संवाद प्रगति सकारात्मक रहेको र सम्भावित राजनीतिक ध्रुवीकरणलाई तार्किक निष्कर्षमा पुर्याउने सम्भावना देखिएको जनाएको छ।

बुर्लाकोटीका अनुसार यी लगायतका पाँचवटा निर्णय भएको छ ।

१. विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भयो। सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउन केन्द्रीय समितिको २०८२ मङ्सिर ३ गते बसेको बैठकको निर्देशानुसार अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णय गरियो। सुशासन र द्रूत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरू मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामर्थ्य बनाउन एकजुट हुन आह्वान गर्ने निर्णय गरियो।

२. पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेको रिक्त पदपूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य पात्रहरूको नाम सिफारिसका लागि अनुरोध गर्ने निर्णय गरियो।

३. प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो।

४. सबै पालिकामा पार्टीको र्यापिड एक्सन टिम गठन गर्ने र सोका लागि प्रदेश एवं जिल्ला संगठनलाई निर्देशन दिने निर्णय गरियो।

५. कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय गरियो।

प्रतिकृया