• ३० भदौ २०८३, मंगलबार
  • ५ः५६ बेलुका

जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न

प्रकाशित मिति

२०८२ मंसिर १० गते, बुधबार ०९:०७

जनकपुरधाम — सप्ताहव्यापी सीता–राम विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकलेवा विधिवत रूपमा मनाइँदैछ। जन्तीको रूपमा आएका साधु–सन्त एवं अतिथिलाई ५६ व्यञ्जनको मिष्ठान्न भोजन खुवाएर बिदाइ गर्ने परम्पराअनुसार आजको मुख्य कार्यक्रम सम्पन्न हुँदै छ।

National Life

मंगलबार जनकपुरस्थित ऐतिहासिक जानकी मन्दिर परिसरमा राम–सीताको वैवाहिक कार्यक्रम सम्पन्न भएपछि रातभर विवाह–काज चलेको थियो। आज बालबालिकाबाट प्रतिकात्मक रूपमा निर्माण गरिएको राम, लक्ष्मण, भरत, शत्रुधनसहित साधु–सन्तलाई दान–दक्षिणा अर्पण गरी बिदाइ गरेपछि महोत्सव औपचारिक रूपमा समापन हुने जनाइएको छ।

मंसिर ४ गतेदेखि सुरु भएको विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर तथा छैटौँ दिन भव्य रूपमा विवाहपञ्चमी पर्व मनाइएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

धार्मिक मान्यतानुसार त्रेता युगमा मंसिर शुक्ल पक्षको पञ्चमी तिथिका दिन भगवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा यो महोत्सव भव्य रूपमा आयोजना गरिन्छ। यस वर्ष पनि देश–विदेशबाट हजारौं भक्तजनको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

प्रतिकृया