• २९ भदौ २०८३, सोमबार
  • ४ः३३ बेलुका

चार सचिवको सरुवा, को कहाँ ?

प्रकाशित मिति

२०८२ मंसिर ९ गते, मंगलवार ०९:३१

मंसिर ९, २०८२ काठमाडौं –  सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार जना सचिवको सरुवा र पदस्थापन गरेको छ। विभिन्न मन्त्रालय तथा निकायमा रिक्त बनेका पद व्यवस्थापन गर्न सरकारका हालैका निर्णयहरू केन्द्रित भएका छन्।

National Life

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रबिलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। राष्ट्रिय योजना आयोगमा पाँच वर्षे कार्यकाल पूरा गरेपछि सचिव गोकर्णमणि दवाडी मंगलबारदेखि अनिवार्य अवकाशमा गएपछि त्यहाँ सचिव पद रिक्त भएको थियो। त्यसैगरी, कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा नियुक्त गरिएको छ।

रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याल मुख्यसचिवमा बढुवा भएपछि रिक्त बनेको रक्षा मन्त्रालयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालाई सरुवा गरिएको छ। शर्मा स्थानान्तरण भएपछि रिक्त बनेको भूमि मन्त्रालयमा मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेललाई सरुवा गरिएको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारका अनुसार सचिव सरुवासम्बन्धी यी निर्णयहरू मंगलबारदेखि कार्यान्वयनमा आउने छन्।

प्रतिकृया