• २९ भदौ २०८३, सोमबार
  • ३ः५९ दिउँसो

प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदै

प्रकाशित मिति

२०८२ मंसिर १० गते, बुधबार ०९:१९

मंसिर १०, २०८२ काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने अवधि आज मंसिर १० गते सकिँदै छ। आयोगले मंसिर १ गतेदेखि आज सम्मलाई दल दर्ताका लागि तोकिएको समयावधि राखेको थियो।

National Life

आयोगका अनुसार मंगलबारसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टीसहित ८० वटा राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराइसकेका छन्। हालसम्म आयोगमा पुराना र नयाँ गरी १३५ दल दर्ता भएका छन्। यसमध्ये निर्वाचन प्रयोजनका लागि दर्ता गराएका दलले मात्र आगामी चुनावमा भाग लिन पाउने व्यवस्था छ।

निर्वाचन आयोगले दर्ता भएका दलको मंसिर ११ देखि १८ गतेसम्म छानबिन तथा रुजु प्रक्रिया सञ्चालन गर्ने जनाएको छ। प्रक्रिया पूरा भएपछि मंसिर २० गते स्वीकृत राजनीतिक दलहरूको नामावली सार्वजनिक गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

आगामी निर्वाचन नजिकिँदै जाँदा दल दर्ताको अन्तिम दिनमा पनि आयोगमा दलहरूको भीड देखिएको छ।

प्रतिकृया