एनपीएलमा काठमाडौँ गोर्खाजको उत्कृष्ट जीत, लुम्बिनी लायन्स २२ रनले पराजित
प्रकाशित मिति
२०८२ मंसिर ९ गते, मंगलवार ०९:२४
मंसिर ९, २०८२ काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ।
१५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स १९ ओभरमै अलआउट हुँदै १३५ रनमा समेटियो। लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ रन, दिलिप नाथले २५ र डी आर्ची शर्टले २२ रन जोडेका थिए।
काठमाडौँका बलरहरू उत्कृष्ट रहे। मिलिन्द कुमार र गेरहार्ड इरासमसले २–२ विकेट लिए भने करण केसी, शाहाब आलम, सन्तोष यादव र राशिद खानले एक–एक विकेट हात पारे।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रनको सम्मानजनक स्कोर बनाएको थियो। कप्तान करण केसीले मात्र ११ बलमा ३४ रनको द्रुत पारी खेले। यसैगरी आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६ तथा मिलिन्द कुमार र जेरहार्ड इरासमसले १७–१७ रन जोडे।
लुम्बिनीका बलरहरू पनि प्रभावकारी रहे। रुबेन ट्रम्पेलम्यान, शेर मल्ल, गुलबदिन नैब र कप्तान रोहित पौडेलले २–२ विकेट लिए। यो जितसँगै काठमाडौँले ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोडेको छ भने लुम्बिनी लायन्सको ३ खेलमा १ जित र २ हारसहित २ अंक रहेको छ।






प्रतिकृया