मन्त्रिपरिषद्का १४ निर्णय सार्वजनिक(निर्णयसहित)
प्रकाशित मिति
२०८२ मंसिर ९ गते, मंगलवार ०९:१८
मंसिर ९, २०८२ काठमाडौं – मन्त्रिपरिषद्को सोमबार बसेको बैठकका १४ वटा निर्णय सरकारले सार्वजनिक गरेको छ। मंगलबार सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।
प्रवक्ता खरेलका अनुसार बैठकले विशेष आर्थिक क्षेत्र (SEZ) को मासिक भाडादर प्रतिवर्गमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय गरेको छ।
त्यसैगरी, पानीजहाज कार्यालयमा कार्यरत सहसचिव प्रेमकुमार सिंहले पेश गरेको राजीनामा स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ। यसका अतिरिक्त, बैठकले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
सरकारले मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गर्ने निर्णयसमेत गरेको प्रवक्ता खरेलले जानकारी दिए। सरकारले गरेको अन्य निर्णयहरूको विवरण पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत क्रमशः सार्वजनिक गरिने बताइएको छ।
हेर्नुहाेस् निर्णयहरू:






प्रतिकृया