• ३० भदौ २०८३, मंगलबार
  • १०ः०३ बिहान

जेन–जी समूहलाई सिंहदरबार प्रवेशमा रोक

प्रकाशित मिति

२०८२ मंसिर ९ गते, मंगलवार ०२:४९

मंसिर ९, २०८२ काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित मागपत्र बुझाउन सिंहदरबार पुगेको मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहलाई प्रहरीले प्रवेशद्वारमै रोक लगाएको छ। आज बिहान मागपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका ढुंगानासहितको टोलीलाई प्रहरीको ठूलो भनसुनपछि अनामनगर पुलतर्फ धकेल्दै हटाइएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

National Life

जेन–जी समूहका प्रतिनिधिहरूले आफूहरू शान्तिपूर्ण रूपमा मागपत्र बुझाउन आएको भए पनि सरकारले माग सुन्ने ठाउँमै रोकावट गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार सिंहदरबार प्रवेशमा गरिएको प्रतिबन्धले सरकार नागरिकको मागप्रति संवेदनशील छैन भन्ने देखिएको छ।

घटनापछि मिराज ढुंगानाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “हामी आफ्ना मागहरू प्रधानमन्त्रीलाई औपचारिक रूपमा बुझाउन आएका थियौं, तर सरकारले नागरिकको आवाज सुन्नै नचाहने जस्तो व्यवहार गर्‍यो।”

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरी पक्षले भने सुरक्षा निर्देशिका अनुसार टोलीलाई रोकिएको बताएको छ।

प्रतिकृया