• २९ भदौ २०८३, सोमबार
  • ४ः५६ बिहान

आज एनपीएलमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै

प्रकाशित मिति

२०८२ मंसिर ९ गते, मंगलवार ०९:३८

मंसिर ९, २०८२ काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक मात्र खेल हुँदैछ। आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच हुने भिडन्त नेपाली समय अनुसार दिउँसो ४ बजे सुरू हुने तालिका छ।

National Life

जारी प्रतियोगितामा काठमाडौँ गोर्खाजले ३ खेलमध्ये १ जित र २ हार खेलेको छ भने लुम्बिनी लायन्सले २ खेलमा १ जित र १ हार दर्ता गरेको छ।

लुम्बिनी लायन्स रोहितकुमार पौडेलको कप्तानीमा खेलिरहेको छ। टोलीमा राष्ट्रिय खेलाडी सन्दीप जोरा, विवेक यादवसहित विदेशी खेलाडी थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

उता काठमाडौँ गोर्खाज करण केसीको कप्तानीमा मैदान उत्रँदैछ। टोलीमा राष्ट्रिय खेलाडी भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदिल आलम रहेको छ भने विदेशी खेलाडीमा मार्वे गेरार्ड इरासमस, जोन एन्ड्र्यु सिम्पसन र मिलिन्द कुमार समावेश छन्।

दुवै टोलीले समान जीत–हारको तालिका सुधार्ने प्रयास गर्ने भएकाले आजको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

प्रतिकृया