• २८ भदौ २०८३, आइतबार
  • १ः०४ दिउँसो

जेनजी आन्दोलनको क्रममा तोडफोड–आगजनी गर्ने २६७ जना पक्राउ

प्रकाशित मिति

२०८२ मंसिर ९ गते, मंगलवार ०९:५४

मंसिर ९, २०८२ काठमाडौं – भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न रहेको अभियोगमा २६७ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हालसम्म यस घटनासम्बन्धी १५४ वटा मुद्दा दर्ता भएका छन्।

National Life

प्रहरीले सोधपुछपछि ८७ जनालाई हाजिर जमानीमा छाडेको छ। यस्तै ११३ जनामाथि अनुसन्धान जारी रहेको र ३३ जनालाई धरौटीमा तथा ४३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तोडफोड, आगजनी र आपराधिक उपद्रव सम्बन्धी १०४ वटा जाहेरी दर्ता भएका छन्। तीमध्ये २२ वटा व्यक्तिगत, ६६ वटा सरकारी कार्यालयमा आगजनी/तोडफोड, १६ वटा संस्थागत तथा व्यापारिक प्रतिष्ठान, जसमा सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएका तोडफोड/आगजनीका घटनाहरू समावेश छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यससँगै प्राप्त जाहेरी–दर्खास्त ४२ मध्ये तीनजना प्रहरी कर्मचारीसम्बन्धी मुद्दा रहेको प्रहरीको भनाइ छ। पहिचान नखुलेका सात जनाको डिएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ। आन्दोलनका क्रममा हराइएका व्यक्तिहरूको हुलिया समेत प्राप्त भएको प्रहरीले जनाएको छ।

त्यसैगरी आन्दोलनका क्रममा भवन संरचनामा भएको क्षतिसम्बन्धी २२८ वटा मुचुल्का तयार गरिएको छ। आन्दोलनको भीडभाडमा विभिन्न कारागारबाट भागेका १०२ कैदीबन्दीलाई पुनः पक्राउ गरी दाखिला गरिएको छ। हालसम्म ८३ नाल हतियार बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिकृया