• २० असोज २०८३, मंगलबार
  • ९ः२२ बिहान

नेपालमा अर्बौं रुपैयाँको नोट चलनचल्तीमा छैन,यस्तो छ राष्ट्र बैंकको तथ्याङ्क

प्रकाशित मिति

२०८२ मंसिर २ गते, मंगलवार ०२:००

मंसिर २, २०८२ काठमाडौं— नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार बजारमा करिब साढे ७ खर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा नभएको पाइएको छ।

National Life

प्रतिवेदन अनुसार २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले राष्ट्र बैंकमा झुत्रा, मैला, च्यातिएका तथा चलनचल्तीका लागि अयोग्य नोट जम्मा गराएका छन्, जसको कुल मूल्य ७ खर्ब ४५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकले नियमित रूपमा पुराना नोट धुल्याउने कार्य गर्दै आएको जनाएको छ। आर्थिक वर्ष २०८१/८२ मा १९ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको नोट धुल्याइएको छ। सबैभन्दा ठूलो हिस्सा ५०० र १००० रुपैयाँका नोटको रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

गत आर्थिक वर्षमा ५०० रुपैयाँका १ करोड ५७ लाख १० हजार नोट बराबर ७ अर्ब ८५ करोड र १००० रुपैयाँका ६४ लाख २२ हजार नोट बराबर ६ अर्ब ४२ करोड रुपैयाँ धुल्याइएको छ। त्यस्तै, ५, १०, २०, ५० र १०० रुपैयाँका नोट पनि नियमित रूपमा धुल्याइएको छ।

राष्ट्र बैंकले नोट राष्ट्रको सम्पत्ति भएकाले यसको उचित हिफाजत र प्रयोगमा जोड दिँदै आएको जनाएको छ। यसैक्रममा प्रमुख पर्वहरूमा नयाँ नोटको सट्टा सुकिलो नोटको व्यवस्थापन गरी नागरिकलाई सुविधा प्रदान गरिएको छ।

प्रतिकृया