• २० असोज २०८३, मंगलबार
  • ९ः१५ बिहान

मतदाता नामावलीमा ६ लाख २० हजार नयाँ मतदाता थपिए

प्रकाशित मिति

२०८२ मंसिर २ गते, मंगलवार १०:४३

मंसिर २, २०८२ काठमाडौं— आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जारी मतदाता नामावली संकलनमा अहिलेसम्म ६ लाख २० हजार नयाँ मतदाता थपिएका छन्। यो तथ्यांक सोमबार राति साढे ९ बजे निर्वाचन आयोगले सार्वजनिक गरेको हो।

National Life

आयोगका अनुसार नियमित सर्भरमार्फत ३ लाख ११ हजार ४१४ जना नयाँ मतदाता सूचीकृत भएका छन्। त्यस्तै, राष्ट्रिय परिचयपत्रको आधारमा ३ लाख ८ हजार ५८५ जना नयाँ मतदाता थपिएका छन्। जेनजीलाई लक्षित गर्दै सरकारले अध्यादेशमार्फत मतदाता नामावली दर्ता खुला गरेको हो। आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता दर्ता अभियान निरन्तर जारी रहेको आयोगले जनाएको छ।

सुरुमा कात्तिक ३० गतेसम्म मात्रै नयाँ मतदाता दर्ताको समयसीमा तोकिएको थियो। तर माग बढेपछि समय थपेर अब मंसिर ५ गते सम्म नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया