• २० असोज २०८३, मंगलबार
  • ९ः२२ बिहान

दुर्गा प्रसाईँद्वारा मंसिर ७ देखि अनिश्चितकालीन आन्दोलनको घोषणा, देशभर ‘शटडाउन’ गर्ने तयारी

प्रकाशित मिति

२०८२ मंसिर १ गते, सोमबार ०४:३९

मंसिर १, २०८२ काठमाडौं— राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले आगामी मंसिर ७ गतेदेखि अनिश्चितकालीन आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले मेचीदेखि महाकालीसम्मको सम्पूर्ण देश ‘ठप्प’ पार्ने दाबी गर्दै व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए।

National Life

उनका अनुसार आन्दोलनका क्रममा महेन्द्र राजमार्गमा छ्याप्पै बस्ने र पूर्व–पश्चिमसमेत सबै क्षेत्रमा दोकान तथा व्यवसाय बन्द गराइनेछ। प्रसाईँले यो आन्दोलन देशव्यापी हुने र ‘पूर्ण नागरिक प्रतिरोध’ को रुपमा सञ्चालन गरिने बताए।

यसैबीच, नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) ले आन्दोलन प्रभावित नहुने स्पष्ट गर्दै उनले, चाहनेहरूले घरमै बसेर एनपीएल हेर्न सकिने सुझाव पनि दिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया