नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘एकता सन्देश सभा’ कार्यतालिका सार्वजनिक, कहाँ र कहिले ?(सूचीसहित)
प्रकाशित मिति
२०८२ मंसिर १ गते, सोमबार ०४:५१
मंसिर १, २०८२ काठमाडौं— वृहत् कम्युनिस्ट एकीकरणको सन्दर्भमा एकता राष्ट्रिय सम्मेलन सम्पन्न गरी नेपाली कम्युनिष्ट पार्टी गठन भएको घोषणासँगै पार्टीले देशव्यापी एकता सन्देश सभा सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
पार्टीका अनुसार प्रदेशस्तरीय एकता सन्देश सभा सुदुरपश्चिम प्रदेशको धनगढीमा मंसिर १२ गते, लुम्बिनी प्रदेशको दाङ देउखुरीमा मंसिर १३ गते, गण्डकी प्रदेशको पोखरामा मंसिर १४ गते एकता सन्देशसभा आयोजना गरिएको छ ।

त्यसैगरी, कोशी प्रदेशको विराटनगरमा मंसिर १५ गते, उपत्यका विशेष प्रदेश (काठमाडौं) मा मंसिर १७ गते, कर्णाली प्रदेशको सुर्खेतमा मंसिर १८ गते, संघीय सम्पर्क समन्वय प्रदेश (काठमाडौं) मा मंसिर १९ गते, मधेश प्रदेशको जनकपुरमा मंसिर २० गते, प्रवाश प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रम मंसिर २१ गते बागमती प्रदेशको हेटौडामा मंसिर २३ गते एकता सन्देश सभा आयोजना गरिएको छ ।

त्यसैगरी, मंसिर २६ गतेसम्म प्रदेश कार्यालयहरुको निर्णयअनुसार सबै जिल्लाहरुमा एकता सन्देश सभाहरुको आयोजना गर्ने, मंसिर २९ गते देशभरका सम्पूर्ण स्थानीय पालिकाहरुमा एकता सन्देश सभाको आयोजना गर्ने, एकता सन्देश सभाका कार्यक्रमहरूको आयोजना र व्यवस्थापन सम्बन्धित तहको कार्यालयहरुले पनि निर्णय भएको छ ।





प्रतिकृया