• २० असोज २०८३, मंगलबार
  • ९ः१८ बिहान

यो सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छ: ओली

प्रकाशित मिति

२०८२ कार्तिक ३० गते, आईतवार ०४:४४

कात्तिक ३०, २०८२ काठमाडौं— नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई पक्राउ गर्नु नै सुशासन ठानिरहेको आरोप लगाएका छन्। आइतवार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिसँग भेटघाट गर्दै ओलीले जेनजीहरुलाई प्रयोग गरेर कृत्रिम दबाब सिर्जना गर्ने “नाटक” सरकारले रचेको दाबी गरे।

National Life

उनका अनुसार जेनजीहरूको मागपत्र तयार गर्ने, पढाउने र हातमा थमाइदिने सम्मका गतिविधि सरकारकै निर्देशनमा भइरहेको छ। उनले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको मागपत्र कसले कहाँ ड्राफ्ट गरेको भन्नेबारे पनि आफूलाई जानकारी रहेको बताए।

ओलीले वर्तमान सरकारलाई “असंवैधानिक” भन्दै कला बिहीन नाटक मञ्चन गरिरहेको टिप्पणी गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया