• २० असोज २०८३, मंगलबार
  • ८ः४५ बिहान

निर्वाचन आयोगमा दर्ता दलको संख्या १२२, सात खारेज र सात नयाँ दलले पाए प्रमाणपत्र

प्रकाशित मिति

२०८२ कार्तिक ३० गते, आईतवार ०४:३४

कात्तिक ३०, २०८२ काठमाडौं— निर्वाचन आयोगले देशभर हाल १२२ वटा राजनीतिक दल दर्ता रहेको जनाएको छ। आइतबार (कात्तिक ३०) आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत आयोगले दर्ता दलहरूको संख्या यथावत रहेको जानकारी सार्वजनिक गरेको हो।

National Life

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन घोषणाको दिन पनि १२२ दल दर्ता थिए र हाल पनि यही संख्या कायम छ। यसबीच सातवटा दल खारेज भएका छन् भने सातवटैले नयाँ दल दर्ता प्रमाणपत्र प्राप्त गरेका छन्।
उनका अनुसार एक दल सर्वोच्च अदालतको आदेशअनुसार खारेज गरिएको हो भने बाँकी छ दल आफ्नै नेतृत्वको आग्रहमा खारेज भएका हुन्।

हाल २८ दल दर्ता प्रक्रियामा रहेका छन्। प्रतिनिधिसभा विघटन भदौ २७ गते भएको थियो र आगामी फागुन २१ मा निर्वाचन मिति तोकिएको छ। भट्टराईका अनुसार नयाँ दल दर्ताको अन्तिम मिति तोकिएको छैन र दर्ता प्रक्रिया नियमित रूपमा चलिरहनेछ। आयोगले प्रमाणपत्र प्राप्त गरेका दलहरूले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा सहभागिता जनाउन सक्ने जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया