• २० असोज २०८३, मंगलबार
  • ९ः१६ बिहान

सोलु हाइड्रोपावरको आइपीओ प्रस्ताव स्वीकृत, सर्वसाधारणका लागि २ करोड कित्ता शेयर जारी हुने

प्रकाशित मिति

२०८२ कार्तिक २७ गते, बिहीबार ०२:५१

कात्तिक २७, २०८२ काठमाडौं— नेपाल धितोपत्र बोर्डले सोलु हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) प्रस्तावलाई स्वीकृति दिएको छ। सेबोनले स्वीकृत गरेको प्रस्ताव अनुसार, कम्पनीले सर्वसाधारणका लागि कुल २ करोड कित्ता शेयर निष्कासन गर्नेछ। उक्त शेयरहरू प्रति इकाई रु १०० को दरमा जारी गरिनेछन्।

National Life

सार्वजनिक निष्कासनको व्यवस्थापनका लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र हिमालायन क्यापिटल लिमिटेडलाई निष्कासन प्रबन्धक नियुक्त गरिएको छ।

यसैबीच, इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको जारीकर्ता मूल्याङ्कन ‘आइआरएन बीबी’ (IRN BB) प्रदान गरेको छ। यो रेटिङले कम्पनीमा वित्तीय दायित्वहरू समयमै पूरा गर्ने सन्दर्भमा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

Classic Tech Mobile
Classic Tech Desktop

सोलु हाइड्रोपावरको आइपीओले आयोजना सञ्चालन विस्तार र ऋण भुक्तानीका लागि आवश्यक पूँजी जुटाउने लक्ष्य राखेको बताइएको छ।

प्रतिकृया