• २० असोज २०८३, मंगलबार
  • ९ः१८ बिहान

माग पूरा नभइकन चुनाव हुन सक्दैन : जेन-जीका प्रतिनिधि सुदन गुरुङ

प्रकाशित मिति

२०८२ कार्तिक २७ गते, बिहीबार १२:५६

कात्तिक २७, २०८२ काठमाडौं— जेन-जी आन्दोलनका प्रतिनिधि सुदन गुरुङले आन्दोलनका मागहरू पूरा नभएसम्म देशमा निर्वाचन हुन नसक्ने बताएका छन्। बिहीबार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रा.लि.ले सञ्चालन गर्दै आएको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि पुगेका गुरुङले यस्तो चेतावनी दिएका हुन्।

National Life

उनले केही बाहेकका सबै जेन–जेड युवाहरू अहिले एउटै मोर्चामा एकजुट रहेको उल्लेख गर्दै भने, “मागहरू पूरा नभइकन कसरी चुनाव हुन्छ? अहिले चुनावको रटान लगाएर सरकार गम्भीर मागबाट ध्यान हटाउन खोज्दैछ।” गुरुङका अनुसार जेन–जेड आन्दोलनसँग भएका हरेक वार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल स्वयं संलग्न रहे पनि अहिले माग पूरा गर्न सरकारले कुनै ठोस कदम नचालेको आरोप लगाएका छन्।

उनले भने, “गृहमन्त्रीज्यू हामीसँग जंगी अड्डामा पनि सँगै हुनुहुन्थ्यो। राष्ट्रपति कार्यालयमा संविधानविद् भनेर मलाई चिनाइएको थियो। उहाँले माग पूरा हुने विश्वास दिलाउनुभएको थियो। अहिले त्यही मागमाथि मौनता छ — यसलाई हामीप्रति धोका मान्नुपर्छ।”

Classic Tech Mobile
Classic Tech Desktop

गुरुङले जेन–जेडका मागहरू बेवास्ता गर्दै निर्वाचनको तयारीमा मात्र केन्द्रित भएको भन्दै गृहमन्त्री अर्यालले नै यसको जिम्मेवारी लिनुपर्ने चेतावनी पनि दिएका छन्। उनका अनुसार मागहरू पूरा नभए आन्दोलनको दोस्रो चरण सुरु हुने र त्यसको सम्पूर्ण जिम्मा सरकारलाई नै रहनेछ।

प्रतिकृया