• २० असोज २०८३, मंगलबार
  • ९ः२० बिहान

३२औं आइजिपी चन्द्रकुबेर खापुङ अवकाश, दानबहादुर कार्कीले सम्हाले प्रहरी नेतृत्व

प्रकाशित मिति

२०८२ कार्तिक २७ गते, बिहीबार १०:१८

कात्तिक  २७, २०८२ काठमाडौं—  नेपाल प्रहरीका ३२औं प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी अवकाशमा गएका छन्। गए रातिदेखि उनी अवकाशमा गएका हुन्।

National Life

खापुङ भदौ १४ गते तत्कालीन सरकारले आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको थियो भने उनले भदौ १९ गते फुली लगाएर प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए। उनको कार्यकाल छोटो रह्यो।

बुधबार गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र प्रहरी प्रधान कार्यालयले खापुङलाई औपचारिक रुपमा बिदाइ गरेको थियो। खापुङ प्रहरी नेतृत्वमा पुगेको केही दिनमै भदौ २३ गतेको जेनजी आन्दोलन भएको थियो, जसको भोलिपल्ट देशभरका प्रहरी संरचनामाथि आक्रमण भएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

उनको अवकाशसँगै अब नेपाल प्रहरीको नेतृत्व दानबहादुर कार्कीले सम्हालेका छन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कार्कीलाई नयाँ आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रतिकृया