• १६ असोज २०८३, शुक्रबार
  • ३ः२२ दिउँसो

कुलमान घिसिङद्वारा हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मेलम्ची आयोजनाको अवरोध हटाउन आग्रह

प्रकाशित मिति

२०८२ कार्तिक २४ गते, सोमबार ०२:२०

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले हेलम्बु गाउँपालिकालाई मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको पानी पथान्तरण अवरोध हटाउन आवश्यक पहल गर्न आग्रह गरेका छन्।

National Life

मन्त्रिले सोमबार गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पासँग संवाद गर्दै, विगतमा भएको सम्झौताअनुसार कार्यान्वयन नहुँदा काठमाडौं उपत्यकामा खानेपानी आपूर्तिमा समस्या देखिएको भन्दै तत्काल समस्या समाधानका लागि हस्तक्षेपको आह्वान गरेका हुन्।

मन्त्री घिसिङले भनेका छन्, “पानी बन्द हुँदा उपत्यकामा समस्या देखिन थालेको छ, यसलाई गम्भीरताका साथ अघि बढाउन आवश्यक छ।”

Classic Tech Mobile
Classic Tech Desktop

हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाले स्थानीयले उठाएका मुद्दा–मागहरु यथाशीघ्र पूरा गरिनुपर्ने उल्लेख गरेका छन्। तीमध्ये आयोजनाले लिएको जग्गा भाडा, सडक पिचिङ, सामाजिक न्यायका पहलहरु समावेश छन्।

प्रतिकृया