कुलमान घिसिङको पार्टी नाम ‘उज्यालो नेपाल पार्टी’,चुनाव चिह्न चिम
प्रकाशित मिति
२०८२ कार्तिक २४ गते, सोमबार ०१:४६
कात्तिक २४, २०८२ काठमाडौं— उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ नेतृत्वमा नयाँ राजनीतिक पार्टी दर्ता गर्ने प्रक्रिया अघि बढेको छ। पार्टीको नाम उज्यालो नेपाल रहने सहमति भएको छ।
पार्टी दर्ताका लागि तत्कालका लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा ५१ जनाबाट बनेको केन्द्रीय कमिटी गठन गरिने भएको छ। चुनाव चिह्नका रूपमा बिजुलीको चिम रहने निर्णय भएको छ।
यसअघि पार्टीको नाम “नेपाल जनसेवा पार्टी” राख्ने सहमति भइसकेको थियो, तर आइतबार राति बसेको बैठकले उज्यालो नेपाल नै आधिकारिक नाम लिएर अगाडि बढ्ने निर्णय गरेको हो।
हालसम्म कोही पदाधिकारी तोकिएका छैनन्। उपाध्यायको संयोजकत्वमा केन्द्रीय कमिटीका नामहरु टुंगाउन छलफल भइरहेको छ। पार्टीले आज ४ बजेभित्र दर्ताका लागि माइन्युटिङ र हस्ताक्षरको काम पूरा गर्ने र सम्भव भए आजै दर्ता पेश गर्ने प्रयास गरिरहेको छ।








प्रतिकृया