• २० असोज २०८३, मंगलबार
  • ९ः५८ बिहान

लक्ष्मी सनराइज क्यापिटलको ७ करोड ७२ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित

प्रकाशित मिति

२०८२ कार्तिक २३ गते, आईतवार ०९:३०

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १५औं वार्षिक साधारणसभा कात्तिक २१ गते काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न गरेको छ।

National Life

सभाले गत आवको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह सम्बन्धी विवरण र चालू आवको लागि लेखापरीक्षण गर्न हाल कायम रहेका लेखा परीक्षक एनबीएसएम एण्ड एशोसिएट्स लाइ नै निरन्तरता दिने प्रस्ताव पारित गरेको छ।

साथै आषाढ मसान्त २०८२ को वासलात बमोजिम प्रति शेयर आम्दानी १८.२० रहेकोमा वितरण योग्य आम्दानी १७.८३ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत अर्थात् ७ करोड ७२ लाख रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालको पुँजी बजारको इतिहासमा प्रथम पटक शेयर निष्काशन सम्बन्धी मर्चेण्ट बैंकिङ्ग तथा सामुहिक लगानी कोष सम्बन्धी कार्यको शुरुवात गरी तीन दशकभन्दा अधिक समयदेखि नेपालको धितोपत्र बजारको विकासमा यस कम्पनीले भूमिका निर्वाह गर्दै आएको छ।

कम्पनीले करिब ६ अर्व बराबरको ५ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड संचालन गर्दै आइरहेकोमा छ वटै म्युचुअल फण्डले गत आवको मुनाफाबाट दोहोरो अंकको प्रतिफल वितरण गर्न सफल भएको छ। साथै विशिष्टीकृत लगानी कोष अन्तर्गत १ अर्ब पुँजी भएको लक्ष्मी सस्टनेवल ईनर्जी फण्डले दिगो उर्जाका क्षेत्रहरुमा लगानी गर्ने उद्देश्य राखेको छ।

लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड अपरेटिङ प्रिन्सिपल्स फर इम्प्याक्ट म्यानेजमेन्ट (इम्प्याक्ट प्रिम्सिपल्स) मा हस्ताक्षर गर्ने नेपालकै पहिलो संस्था हो। यो एक विश्वव्यापी संस्था हो जसको सिद्धान्तले सामाजिक र वातावरणीय प्रभाव सहितको लगानीलाई पारदर्शी, अनुशासित र विश्वसनीय बनाउने लक्ष्य राख्छ।

प्रतिकृया