• २० असोज २०८३, मंगलबार
  • १०ः०० बिहान

छुट्ला है ! एसवाई प्यानलको आईपीओ भर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ कार्तिक २३ गते, आईतवार ०९:१८

कात्तिक २३, २०८२ काठमाडौं— एसवाई प्यानल नेपालले निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयम्म आवेदन दिन पाइने छ ।

National Life

कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानिय र रोजगारी लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्काशन गरिसकेको छ । दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँको प्रतिकित्ता सय रुपैयाँका दरले ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

जसमा २ लाख ६१ हजार ६२९ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय, ४ लाख ९७ हजार ९२ कित्ता साधारण सेयर विदेशमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको छ ।

त्यस्तै, कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता सेयर छुट्याएको छ । बाँकी रहेको ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँको ४० लाख ७६ हजार १५६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिकृया