• ३ साउन २०८३, आइतबार
  • ३:३९ बेलुका

डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने

प्रकाशित मिति

२०८२ कार्तिक २२ गते, शनिबार ०६:३०

काठमाडौं – डिशहोमले नेपालभरका स्पा तथा सलोन सेवामा अग्रणी र विश्वसनीय नाम मध्ये एक, द ट्राङक्विलिटी स्पासँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ। डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

अब डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा सबै स्पा र सलोन सेवामा २५ प्रतिशत छुट, सबै सलोन सेवामा २० प्रतिशत छुट र ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमीमा हुने तालिम कार्यक्रममा ३० प्रतिशत छुट दिने जनाइएको छ ।

Kamana Sewa

लक्जरी वातावरण, अनुभवी थेरापिस्टहरू र विश्वस्तरीय उपचारका लागि परिचित द ट्राङक्विलिटी स्पा ले नेपालमा वेलनेस र रिल्याक्सेसनको पर्यायका रूपमा आफ्नो स्थान स्थापित गरेको छ। देशका प्रमुख सहरहरू र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको यस स्पाले डिशहोमका ग्राहकहरूलाई मनोरञ्जन र स्वास्थ्यका उत्कृष्ट सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराएको छ।

Classic Tech Desktop

काठमाडौंमा अवस्थित तिक्साले ब्यूटी थेरापी, स्पा ट्रीटमेन्ट, मसाज थेरापी र समग्र वेलनेस सम्बन्धी व्यावसायिक र व्यावहारिक तालिम, विशेषज्ञ प्रशिक्षकहरूद्वारा संचालित यो संस्थाले नेपालको आगामी पुस्ताका वेलनेस व्यवसायिकहरूलाई तयार पार्ने उद्देश्य राखेको छ।

देशभरका सबै ट्राङक्विलिटी स्पा शाखामा सबै स्पा र सलोन सेवामा २५ प्रतिशत छुट, सबै सलोन सेवामा २० प्रतिशत छुट, प्रशिक्षण सेवामा ३० प्रतिशत छुट, सुविधा सिर्फ सक्रिय डिशहोम ग्राहकहरूका लागि, माइ डिक होस मार्फत उपलब्ध, माइ डिस होम प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्न भनेको छ ।

प्रतिकृया